खेलकुद मन्त्री र राखेपका सदस्य सचिवलाई बर्खास्त गर्न तरुण दलको माग
काठमाडौँ । नेपाल तरुण दलले १३ औँ दक्षिण एसियाली खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई बर्खास्त गर्न माग गरेको छ । दुवैलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी कारवाही गर्न तरुण दलले माग गरेको हो ।
नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा सरकारका भ्रष्ट, नालायक, अपराधीका संरक्षक मन्त्रीहरुलाई साग खेलकुदको रकमबाट दौरा सुरुवाल खरिद गर्नुले देशकै बदनाम भएको ठहरसहित नेपाल तरुण दलको ध्यान आकर्षण भएको छ । नेपाली खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले मन्त्रीहरुको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको छ ।’
त्यस्तै, साग खेलकुद प्रतियोगिताको टिकट बेच्ने जिम्मेवारी (बिना टेन्डर) प्राप्त गरेको ई–सेवाले टिकट बिक्री वितरणमा ठगी धन्दा सञ्चालन गरेको प्रति पनि दलले खेद प्रकट गर्दै इसेवामाथि छानविनको प्रक्रिया सुरु गरी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
यसको साथै दलले पदक विजेता खेलाडीहरुलाई उचित पुरस्कारसहित सम्मान गर्नुपर्ने सरकार र नेपाल खेलकुद परिषद्सँग माग गरेको छ । पदक जित्ने खेलाडीहरुले देशको इज्जत बचाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै स्वर्ण पदक विजेता प्रत्येकलाई २५ लाख, रजत पदक जित्नेलाई १५ लाख र कास्य पदक जित्नेलाई १० लाखका दरले पुरस्कारको व्यवस्था गरेर खेलाडी र खेलप्रति सम्मान गर्न दलले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक
-
प्रतिनिधि सभा बैठक |LIVE||
-
फिलिपिन्स भूकम्प : नेपाल सरकारद्वारा दुख व्यक्त, ऐक्यबद्धता प्रकट
-
रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित
-
ट्रम्प र नेतान्याहुबिच बढ्यो दूरी
-
रास्वपा बागमतीको सभापति बन्न २१ हजार तिर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण