लक्ष्मी बैंकले शुरु गर्यो नेपालकै पहिलो एनिमेटेड भाइबर–स्टिकर प्याक “ग्रिटिङ्स फ्रर्म लक्ष्मी”
काठमाडौं– लक्ष्मी बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ २०७६ मंसिर २३ गतेदेखि भाइबरमा १६ प्रकारको स्टिकर रहेकोे स्टिकर सेटको शुभारम्भ गरेको छ । यसबाट भाइबरमा यसभन्दा अघि नभएको ‘नेपाली एनिमेटेड प्याक’ शुरु गर्ने लक्ष्मी बैंक नेपालकै पहिलो बनेको छ ।
भाइबरमा स्टिकरहरु एक रमाइलो एवं रंगीन अभिव्यक्तिको माध्यम हुन् र लक्ष्मी बैंकको “ग्रिटिङ्स फ्रर्म लक्ष्मी” प्याकले पनि त्यसलाई सघाउने अपेक्षा गरिएको छ । भाइबर च्याटमा मौद्रिक भाषामा समयानुकुल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देशहरु आदानप्रदान गर्न अब लक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकरहरु प्रयोग गर्न सकिनेछ ।
लक्ष्मी बैंक आफ्नो ग्राहकहरुमाझ उत्कृष्ट उत्पादनहरु, विशिष्ट सेवाहरु र उपयोगी टिप्सको माध्यमबाट व्यक्ति, परिवार, साना व्यवसायीहरु तथा ठूला कर्पोरेटहरुको दैनिकिमा महत्वपूर्ण योगदान पु¥याउन प्रतिबद्घ छ । भाइबर स्टिकर त्यही उद्देश्यबाट प्रेरित एक अर्को कदम हो ।
यस अवसरमा लक्ष्मी बैंककी रणनीति तथा बजार विभाग प्रमुख भारती पाण्डेले यो स्टिकर प्याक भाइबरमा लक्ष्मी बैंकको बैंकिङ्ग बटको पुरक को रुपमा प्रस्तुत गर्न पाएकोमा निकै उत्साहित भएको बताइन् । उनले बैंकको ग्राहसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै लैजानु आजको आवश्यकता बमोजिम नै यो स्टिकरमार्फत् नयाँ र विद्यमान ग्राहकहरुलाई भाइबर खाताद्वारा थप नजिक ल्याउन सक्ने अपेक्षा गरेको बताइन् ।
नेपालको १६औं वाणिज्य बैंकको रुपमा सन् २००२ मा स्थापना भएदेखि नै लक्ष्मी बैंकले आफ्नो सजिलो बैंकिङ्ग सेवाहरुका साथ विविध क्षेत्रका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ र नेपालको एक उत्कृष्ट बैंकको रुपमा स्थापित हुनपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण