श्रीएयरलाइन्सको जनकपुर र सिमरामा परीक्षण उडान
काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जनकपुर र सिमरामा आज परीक्षण उडान गरेको छ । श्रीले हालै भित्र्याएको ‘नाइन एन एएनफ क्यू–४००’ जहाजमार्फत परीक्षण उडान गरेको हो ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र श्री एयरलाइन्सका प्राविधिक टोलीसहित जनकपुर र सिमरामा सफल परीक्षण उडान गरिएको कम्पनीको संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । उनका अनुसार प्राधिकरणबाट उडान सेडुअल स्वीकृत भएपछि १५ दिनभित्र दुवै गन्तव्यमा नियमित उडान गरिनेछ । यात्रुको मागबमोजिम गन्तव्य विस्तार गरिएको र पोखरामा पनि छिट्टै उडान सञ्चालन गरिने प्रबन्धक मानन्धरको भनाइ थियो ।
नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै कम्पनीले आन्तरिक गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । निकट भविष्यमै अन्तर्राष्ट्रिय गन्तव्यमा उडान विस्तार गर्ने कम्पनीको योजना छ । त्यसका निम्ति श्रीले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति पाइसकेको छ । अहिले नियामक प्राधिकरणको अनुमति कुरिरहेको छ ।
श्री एयरलाइन्ससँग सिआरजे २०० र दुई सिआरजे ७०० गरी पाँच जहाज छन् । सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तव्यमा उडान भर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण