महालक्ष्मी विकास बैंक लि.द्वारा पानी ट्याङकी वितरण
काठमाडौं – महालक्ष्मी विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकका निजगढ र बानेश्वर शाखाले मिति २०७६/०८/२१ गते शनिबार पानी ट्याङकी वितरण गरेका छन् ।
निजगढ शाखाले निजगढ न.पा. वडा नं १० (लाल) स्थित पल्युल साम्तेन्लिङ गुम्बालाई गुम्बामा अध्ययनरत विद्यार्थीहरु साथै आगन्तुकहरुलाई खानेपानीको सहज उपलब्धता होस् भन्ने हेतुले गुम्बा परिसरमा एक कार्यक्रमको आयोजना गरी गुम्वा व्यवस्थापन समितिका अध्यक्ष्य भिम बहादुर भोलनलाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो ।
बानेश्वर शाखाले बानेश्वर स्थित कुशेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी उपलब्ध गराउने उद्देश्यले कुशेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव सुदर्शन कोइरालालाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण