सागमा नेपाल प्रहरीमा आवद्ध खेलाडीलाई ५६ पदक
काठमाडौं । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा संचालन भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सहभागी नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरी जम्मा ५६ वटा पदक हासिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा प्राप्त पदकमध्ये करातेतर्फ ७ वटा, तेक्वान्दोतर्फ ४ वटा, भारोत्तोलनतर्फ २ वटा, उसुतर्फ १ वटा, बक्सिङतर्फ १ वटा र पुरुष फुटबलतर्फ १ वटा गरी कुल १६ वटा स्वर्ण पदक छन् ।
यसैगरी करातेतर्फ ३ वटा, जुडोतर्फ ३ वटा, तेक्वान्दोतर्फ २ वटा, महिला भलिबलतर्फ १ वटा, टेबुल टेनिसतर्फ १ वटा, कुस्तीतर्फ १ वटा, महिला फुटबलतर्फ १ वटा, महिला कबड्डीतर्फ १ वटा र महिला बास्केटबलतर्फ १ वटा गरी कुल १४ वटा रजत पदक प्राप्त भएका छन् ।
साथै भारोत्तोलनतर्फ ७ वटा, जुडोतर्फ ५ वटा, तेक्वान्दोतर्फ ५ वटा, टेबुल टेनिसतर्फ ४ वटा, करातेतर्फ ३ वटा, ब्याडमिन्टनतर्फ १ वटा र पुरुष क्रिकेटतर्फ १ वटा गरी कुल २६ वटा कास्य पदक प्राप्त भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।
उक्त प्रतियोगितामा नेपाल प्रहरीमा आवद्ध ८४ जना खेलाडीहरु विभिन्न खेलहरुमा सहभागी भएको सो समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण