एनआईसी एशियाले एस२एम को सेलेक्ट सिस्टम ईएफटी स्वीच प्रयोगमा ल्याउने
काठमाडौं– एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एस२एम (S2M:Societe Maghrebine De Monétique)को सेलेक्ट सिस्टम ईएफटी (Select System EFT) स्वीच प्रयोगमा ल्याउने भएको छ ।
बैंकले आज एस२एम मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि एक समारोहका बीच सम्झौता गरेको छ । बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहक महानुभावहरुले स्वदेश तथा विदेशबाट कार्डबाट हुने ई–कमर्स कारोबार सहज रुपमा गर्न सक्नुहुनेछ । सबै प्राविधिक तयारी गरी केही समयमा बैंकले यो प्रविधि संचालनमा ल्याउने छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एस२एम मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरे । उक्त स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघको प्रवक्तामा सुरज सेजुवाल
-
‘सिधा कुरा’ विरुद्धको मुद्दा न्यायाधीशद्वय फुयाल र पौडेलको संयुक्त इजलासमा
-
६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यमा ‘ब्रेक’
-
नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्द्धन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
आईटी विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको क्षेत्र : अध्यक्ष ढकाल
-
९ महिनामा ११९ चलचित्र सेन्सर : ११ लाई एडल्ट, ६४ लाई ‘पीजी’ प्रमाणपत्र