एन आई सी एशिया बैंक र फुडमान्डुबीच डिजिटल भुक्तानी तथा छुट सम्बन्धी सम्झौता
शुक्रबार, २७ मङ्सिर २०७६, १८ : ४७
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र फुडमान्डुबीच एन आई सी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार कुनै पनि बैंकका ग्राहकहरुले फुडमान्डुबाट आफूले इच्छाईएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।
यस सम्झौतासँगै सीमित अवधिका लागि एन आई सी एशिया बैंक लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा २५% वा अधिकतम् चार सयसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र फुडमान्डुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण