सागका विजेता खेलाडीलाई एनआरएनएको बधाई
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले १३औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति खुशी व्यक्त गर्दै विजेता खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हार्दिक बधाई दिएको छ ।
एनआरएनएले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाउने पदक विजेता, प्रशिक्षक र प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न अहोरात्र खटिने सम्पूर्ण सरोकारवाला पक्षलाई धन्यवाद दिएको हो ।
विशेषतः पौडी प्रतियोगितामा सहभागी बेलायत निवासी गैरआवासीय नेपाली खेलाडी गौरिका सिंह (चार स्वर्ण, दुई रजत र तीन कास्य) र लन टेनिस (सिङ्गल) तर्फ अष्ट्रेलिया निवासी संरक्षक बज्राचार्यले (एक कास्य) प्राप्त गरेको सफलताले गैरआवासीय नेपाललाई अत्यन्त उत्साहित बनाएको भन्दै दुवैलाई हार्दिक बधाइसहित उत्तरोत्तर प्रगतिको कामना गरेको छ ।
दोश्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग सीधा जोड्ने माध्यममध्ये खेलकुद पनि एक हो भन्ने सोचलाई खेलाडीले प्राप्त गरेको सफलताले थप बलियो बनाएको भन्दै एनआरएनएले नेपाली खेलाडीलाई नेपालमा आयोजना हुने विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि सहज वातावरण निर्माणतर्फ सङ्घ सदैव प्रयत्नरत रहने एनआरएनए अध्यक्ष कुमार पन्तद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण