नौ करोडको खानेपानी योजना शिलान्यास
स्याङ्जाको भिरकोटमा रु १० करोडको लागतमा निर्माण हुने खानेपानी योजनाको शुक्रबार शिलान्यास गरिएको छ । नेपाल सरकारको रु सात करोड, उपभोक्ताबाट सङ्कलन गरिएको रु एक करोड र बाँँकी रकम श्रमदानस्वरुप भिरकोट नगरपालिकाको लागत सहभागितामा निर्माण थालिएको हो ।
कूल रु नौ करोड ९९ लाख ५४ हजार ५२६ को लागतमा बयरघारी खानेपानी तथा सरसफाइ योजना निर्माण शुरु भएको उपभोक्ता समितिका अध्यक्ष जनक अधिकारीले बताए । भिरकोट नगरपालिकाको मुख्य बजार बयरघारीमा व्यक्तिगत पाइपमार्फत खोलाको पानी प्रयोग गर्दै आएका बजारवासीलाई शुद्ध र प्रशोधित सफा खानेपानी पु¥याउने उद्देश्यले काम थालिएको नगरप्रमुख छायाराम खनालले बताए ।
“नगरवासीलाई व्यवस्थित खानेपानी घरघरमै पु¥याउने लक्ष्यसाथ योजनाको थालनी गरेका हौँ”, नगरप्रमुख खनालले भने, “थालिएको योजनालाई निर्धारित समयमै सम्पन्न गरी नगरवासीको दैनिकीलाई सहज बनाइनेछ ।”
भिरकोट नगरपालिकाका–१, २ र ४ नं वडाका ९४७ घरधुरीका करिब पाँच हजार जनसङ्ख्या लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष अधिकारीले बताए । “बायाँखोला र खाँदीखोला मूलबाट पानी ल्याएर भिरकोट–१ केरुङमा चार लाख लिटर र मुहान नजिकै २० हजार लिटरका दुई ट्याङ्की निर्माण गर्नेछौँ”, अध्यक्ष अधिकारीले भने, “बायाँखोला मूलको पानी पाइपमार्फत ट्याङ्कीमा आउनेछ भने खाँदीखोला मूलको पानीलाई लिफ्टिङ गरेर ट्याङ्कीमा सङ्कलन गरिनेछ ।”
लामो समयदेखि प्रतिक्षाको रूपमा रहेको उक्त खानेपानी योजना आगामी २०७७ माघसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण