क्रिकेट मैदान हिलाम्य बनेपछि हुन सकेन पिपिएल
काठमाडौँ । मौसममा आएको खराबीका कारण शनिबार हुने भनिएको पोखराको प्रिमियर लिग (पिपिएल) आइतबार हुने भएको छ ।
शुक्रबार पानी परेर क्रिकेट मैदान हिलाम्य बनेको थियो । पानी र चिसो बढे पछि पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट म्यान्जेमेन्टले निर्धारित खेल तालिका एक दिन पर सारेको हो ।
पोखरामा शनिवार घाम लागे पछि काठमाडौं गोल्डेन्स र पोखरा पल्टनबीच हुने उद्धघाटन खेल आइतबार हुने भएको छ । पोखरा प्रिमियर लिग मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ । दोश्रो संस्करणको पिपिएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन् ।
यो संस्करणमा विराटनगर टाइटन्सको कप्तानी प्रदीप ऐरीले । काठमाडौं गोल्डेन वारीयर्सको कप्तानी ज्ञानेन्द्र मल्लले, धनगढी ब्लुजको कप्तानी दीपेन्द्र सिंह ऐरीले, चितवन राइनोजको कप्तानी पारस खड्काले र बुटवलको ब्लास्टर्सको कप्तानी सोमपाल कामी सम्हालेका छन् भने पोखरा पल्टनको कप्तानी शरद भेषावकरले सम्हालेका छन् ।
यो प्रतोगीतामा उत्कृष्ट हुने विजेता टिमले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गरिने भएको छ। यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र उदयमान खेलाडीलाई रु ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार प्राप्त गर्ने छन् ।
प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडिलाई सुविसु क्लियर टिभि र प्रत्येक खेलमा सवै भन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुबिसु फास्टेस फिफ्टी प्रदान गरिने जनाएको छ । पिपिएलको पहिलो संस्करणमा पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण