भोलि धनुषाभरीका संस्थागत विद्यालय बन्द
शनिबार, २८ मङ्सिर २०७६, १६ : ५३
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा गएराति भएको विष्फोटमा परि एक विद्यार्थीको समेत मृत्यु भएपछि आइतबार जिल्लाका सबै संस्थागत बिद्यालयहरु बन्द रहने भएका छन् ।
जनकपुरस्थित सिद्धार्थ शिशु सदन स्कूलमा कक्षा १० मा अध्ययनरत आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना पश्चात् प्याब्सनका धनुषा अध्यक्ष चन्द्रनारायण मण्डलले एक विज्ञप्ति जारी गरी यस घटनाले स्तब्ध बनाएको भन्दै आइतबार निजी विद्यालयहरु बन्द रहने जनाएका हुन् ।
सो बिस्फोटमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश भनिने राजेश्वर साहको समेत मृत्यु भएको थियो । आनन्द राजेश्वरका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मदिरा ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गरिने
-
बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा
-
घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कानूनी तथा संरचनागत सुधार गर्ने घोषणा
-
५ वर्षभित्रमा सबै बालबालिकालाई आधारभूत शिक्षा सुनिश्चितता गरिने
-
मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा १२ महिना आपूर्ति हुने व्यवस्था मिलाइने
-
पाकिस्तान प्रशासित कश्मीरमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, ४ जनाको मृत्यु