भोलि धनुषाभरीका संस्थागत विद्यालय बन्द
शनिबार, २८ मङ्सिर २०७६, १६ : ५३
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा गएराति भएको विष्फोटमा परि एक विद्यार्थीको समेत मृत्यु भएपछि आइतबार जिल्लाका सबै संस्थागत बिद्यालयहरु बन्द रहने भएका छन् ।
जनकपुरस्थित सिद्धार्थ शिशु सदन स्कूलमा कक्षा १० मा अध्ययनरत आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना पश्चात् प्याब्सनका धनुषा अध्यक्ष चन्द्रनारायण मण्डलले एक विज्ञप्ति जारी गरी यस घटनाले स्तब्ध बनाएको भन्दै आइतबार निजी विद्यालयहरु बन्द रहने जनाएका हुन् ।
सो बिस्फोटमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश भनिने राजेश्वर साहको समेत मृत्यु भएको थियो । आनन्द राजेश्वरका छोरा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण