बैतडीमा २१६ थान हतियार सङ्कलन
प्रहरीले २१६ थान हातहतियार सङ्कलन गरेको छ । गृह मन्त्रालयको हतियार सङ्कलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिको सो सङ्ख्यामा हातहतियार सङ्कलन गरिएको हो ।
यसका साथै उपनिर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी हातहतियार सङ्कलन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए । उपनिर्वाचनको समयमा ४८ हतियार र १६४ थान हतियार उपनिर्वाचनभन्दा अघि नै सङ्कलन भएका उनले बताए । सङ्कलित हतियार बढीजसो एकनाले भरुवा बन्दुक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साथै दुईनाले भरुवा बन्दुक र बारबोर पनि सङ्कलन भएका छन् । सङ्कलित भएका सबै हतियार जिल्ला प्रशासन कार्यालयबाट इजाजत प्राप्त रहेका जनाइएको छ । हतियार सङ्कलनपश्चात् भने हत्या–हिंसाका घटनामा कमी आउनाका साथै वन्यजन्तुको चोरी–सिकारीका घटनासमेत न्यूनीकरण हुने विश्वास गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेय बताए ।
अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सरकारले वैध–अवैध हतियार बुझाउन आग्रह गरेकोे प्रजिअ आनन्द पौडेलले बताए । गृह मन्त्रालयले मङ्सिर १४ मा सम्पन्न उपनिर्वाचन भएका जिल्लामा मङ्सिर १० गतेभित्र हतियार बुझाउन आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण