सिन्धुपाल्चोक बस दुर्घटना : मृतकको संख्या १५ पुग्यो, ६ जनाको सनाखत (नामसहित)
काठमाडौँ । दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित ६ किलोमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्सपेक्टर गणेश खनालले जानकारी दिए ।
मृतकहरुको नामावली
१. सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का सुक बहादुर तामाङ
२. सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ की सबिना तामाङ
३. दोलखाको भीमेश्वर नगरपालिकाकी जुनुमाया तामाङ
४. दोलखाको भीमेश्वर नगरपालिकाकी मञ्जु तामाङ
५. रामेछापको उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ
६. भक्तपुरको सुर्यविनायक नगरपालिकाका चिुन बस्नेत
यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौं, धुलिखेल र सिन्धुपाल्चोकका विभिन्न अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर खनालले बताए ।
इन्सपेक्टर खनालका अनुसार धुलिखेल अस्पतालमा २, हेम्स अस्पतालमा ६, केएमसीमा १, सिन्ध सदावहार अस्पताल खाडीचौरमा १ र बाँकी ७ जना बाटोमै रहेका छन् । यस्तै १७ जना घाइतेमध्ये ११ जनाको पहिचान भएको छ ।
दुर्घटना घाइतेहरुको नामावली
आयुषा तामाङ
धनकाजी तामाङ
रञ्जीता तामाङ
हरिमाया तामाङ
दोर्जे तामाङ
सागर तामाङ
दिपक तामाङ
नैना तामाङ
सहचालक गिपलव तामाङ
भक्तपुरका सागर केसी
नाम नखुलेको ५/६ महिनाकी एक बालिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण