सिन्धुपाल्चोक बस दुर्घटना : ‘हावा फुस्क्यो भन्दै कराएका थिए चालक’
काठमाडौँ । कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित ६ किलोमा दुर्घटना मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
बस दुर्घटना हुनुको यकिन कारण नखुले पनि बसको खराब अवस्थाका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालका अनुसार बसका चालक सम्पर्कमा छैनन् ।
दुर्घटना हुनेबित्तिकै बसका चालक भागेको दुर्घटनाका घाइतेहरुले बताएका छन् । बसको सहचालक बताउने गिपलव तामाङले दुर्घटनाअघि बसका चालकले हावा फुस्क्यो भनेर कराएको प्रहरीलाई बताएका छन् ।
बसका चालक गिपलव तामाङ नै हुनसक्ने प्रहरीका दावी छ । इन्स्पेक्टर खनालले भने, ‘बसको चालक को हुन् र उनको अवस्था के छ थाहा हुन सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार आइतबार बिहान सवा ८ बजे बा४ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा दुर्घटना भएको हो । दुर्घटनामा १५ जनाको मृत्यु र १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण