दाङबाट १२ जुवाडे पक्राउ
बुटवल । दाङ प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । तुल्सीपुर उपमहानगरपालिका–६ स्थित कमला कमल घर्तीले सञ्चालन गरेको एलेक्सी जोन पुलहाउसमा जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरी टोलीले ५८ हजार ५ सय रुपैयाँ नगदसहित ती जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुल्सीपुर ८ बस्ने ३५ बर्षीय टेकबहादुर घर्ती, सोही स्थानका ३० बर्षीय कमल घर्ती, २४ बर्षीय गोकर्ण बुडाथोकी, अजय बस्नेत, तुल्सीपुर–१८ बस्ने बर्ष २७ का लक्ष्मण गिरि, तुल्सीपुर ५ का २६ बर्षीय शिवकुमार ओली रहेका छन् ।
त्यस्तै बर्ष २८ का सिद्धान्त गुरुङ्ग, सोही उमेरका रुपेशकुमार गुप्ता, बर्ष २९ का बर्ष २९ का सन्दिप सेर्पाइली , तुल्सीपुर ९ का २८ बर्षीय राजेश कुमार बोहरा र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ घरभई तुल्सीपुर ५ बस्ने बर्ष २९ का रञ्जित श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण