काठमाडौंमा विप्लव समूहको प्रदर्शनमा प्रहरी हस्तक्षेप
सोमबार, ३० मङ्सिर २०७६, १५ : ३८
१
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार काठमाडौंको ढल्कुमा सीमा मिचिएको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेका विप्लव समूहका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको विरोधमा प्रदर्शनको तयारी गरिएको थियो । विज्ञहरुले सार्वजनिक गरेको नयाँ नक्सासहित प्रदर्शन गर्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीको हस्तक्षेपछि कार्यकर्ता तितरवितर भएका थिए । अन्तिममा विद्यार्थीहरुले केही समय प्रदर्शन गर्दै कोणसभा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण