काठमाडौंमा विप्लव समूहको प्रदर्शनमा प्रहरी हस्तक्षेप
सोमबार, ३० मङ्सिर २०७६, १५ : ३८
१
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार काठमाडौंको ढल्कुमा सीमा मिचिएको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेका विप्लव समूहका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको विरोधमा प्रदर्शनको तयारी गरिएको थियो । विज्ञहरुले सार्वजनिक गरेको नयाँ नक्सासहित प्रदर्शन गर्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीको हस्तक्षेपछि कार्यकर्ता तितरवितर भएका थिए । अन्तिममा विद्यार्थीहरुले केही समय प्रदर्शन गर्दै कोणसभा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर