एसइईका विद्यार्थीहरुका लागि डिशहोमको सौगात एसइई तयारी कक्षा
काठमाडौं–मनोरन्जनको संसारमा आफ्नो विशिष्ट छवि कायम गरिसकेको डिशहोमले एसइई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसइई तयारी कक्षा प्रसारण गर्ने भएको छ । यो तयारी कक्षाको प्रसारण डिशहोमको शोकेस २ च्यानलमार्फत् गरिनेछ ।
डिशहोम उज्वल भविष्य भन्ने नारालाई समर्थन गर्दै संचालन गरिएको यो कक्षामा विद्यार्थीहरुले अँग्रेजी, गणित र विज्ञान विषयको अध्ययन गर्न सक्नेछन्, त्यो पनि आफ्नै घरमा बसी बसी । नेपाल सरकारबाट मान्यता प्राप्त पाठ्यक्रममा आधारित रहेर दूर शिक्षा प्रविधिमार्फत् अध्यापन गराइने यी कक्षाहरुले विद्यार्थीहरुको पढाईमा थप सहयोग पुग्न जाने अपेक्षा गरिएको छ ।
डिशहोमको शोकेस २ च्यानलमामात्र प्रसारण गरिने यो तयारी कक्षा यही पुष १ गतेदेखि फागुन मसान्तसम्म संचालन हुनेछ । जस अनुसार अँग्रेजी विषयको कक्षा विहान ६ः३० बजे, गणित विषयको कक्षा विहान ७ः३० बजे र विज्ञान विषयको कक्षा विहान ८ः३० बजे प्रसारण गरिनेछ र ती नै कक्षाहरु दिउँसो क्रमशः १२ः३०, १ः३०,र २ः३० बजे र र साँझ ६ः३०, ७ः३० र ८ः३० बजे क्रमशः पुनः प्रसारण हुनेछन् । यसरी पुनः प्रसारणको व्यवस्था गर्नाले विद्यार्थीहरुले छुटेको विषयलाई पुनः अध्ययन गर्न सक्ने अथवा नबुझेको विषयलाई फेरि हेरेर मनन गर्न सक्नेछन् भन्ने विश्वास डिशहोमको रहेको छ ।
एसइई का विद्यार्थीहरु लक्षित विषयगत प्रसारण गरिन लागेको सम्बन्धमा डिशहोमका बिक्री प्रमुख रमेश सापकोटाले भने, ‘हामी केवल मनोरन्जनमा सीमित छैनौ । एक जिम्मेवार टिभी च्यानल प्रसारण संस्था भएको नाताले यो देश र देशका भविष्यहरु प्रति हाम्रो उत्तरदायित्व छ भन्ने राम्ररी बुझेका छौं । यसैले नै एसइई दिने विद्यार्थी भाइबहिनीहरुलाई परीक्षाको तयारी गर्न सजिलो होस् भनेर यस वर्ष पनि एसइई तयारी कक्षाको विशेष प्रसारण शुरु गरेका हौं ।’
डिशहोम नेपालमा टिभी च्यानल वितरण गर्ने सबैभन्दा ठूलो सञ्जाल र पहुँच भएको वितरक हो । यस मार्फत् वितरित च्यानलहरु साँच्चिकै एचडि प्रविधिको भएको अनुभव दर्शकहरुले गर्ने गरेका छन् । उत्कृष्ट गुणस्तरको प्रसारण सिग्नल भएको यो च्यानलबाट विद्यार्थीहरुका लागि प्रसारण गरिने एसइई तयारी कक्षाको सहयोगबाट भविष्य उज्वल बनाउने उद्देश्यमा अघि बढेका विद्यार्थीहरु लाभान्वीत हुनेछन् भन्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण