पाकिस्तानभर एक्कासि इन्टरनेट सेवामा समस्या देखिएपछि...
एजेन्सी । प्राविधिक समस्याका कारण पाकिस्तानमा देशभरी इन्टरनेट सेवामा समस्या भएको छ । कतारको राजधानी दोहानजिकै केवुलमा आइतबार समस्या आएपछि पाकिस्तान भरी नै इन्टरनेट सेवामा समस्या आएको जनाइएको छ ।
‘पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेड (पिटिसिएल)’ले वक्तव्य जारी गरेर एएइ—१ केबुलमा प्राविधिक समस्या भएकाले इन्टरनेट सेवा सञ्चालन नभएको स्पष्ट पारेको छ ।
इन्टरनेट प्रयोगकर्ताहरुले इन्टरनेट सेवा निकै सुस्त भएको र कतिपय ठाउँमा त घन्टौँसम्म पनि चल्दै नचलेको बताएका छन् ।
पाकिस्तानमा सञ्चालन भएको इन्टरनेट दक्षिण पूर्वी एसिया, युरोप, इजिप्टलगायतका देशमा भएको इन्टरनेटसँग सम्वन्धित रहेको अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी हङ्कङ, भियतनाम, कम्बोडिया, थाईल्याण्ड, मलेसिया, सिङ्गापुर, म्यानमार, भारत, पाकिस्तान, ओमन, युएई, कतार, यमन, साउदीअरब, इजिप्ट, ग्रिस, इटली र फ्रान्समा सञ्चालन भइरहेको इन्टरनेट एउटै सञ्जालबाट वितरण भइरहेको प्राविधिक तथा विज्ञहरुको भनाई छ ।– एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण