२७ लाख नेपाली राशीको डिएससी पुरस्कार बागचीलाई दिइयो
पोखरा । दक्षिण एशियाली साहित्य पुरस्कार (डिएससी) अमिताभ बागचीको पुस्तक ‘हाफ अफ द नाइट इज गन’ले पाएको छ ।
पोखरामा जारी आइएमई नेपाल लिट्रेचर फेस्टिभलको अन्तिम दिन किताबका लेखक बागचीलाई उक्त पुरस्कार प्रदान गरिएको छ ।
पुरस्कार राशी २७ लाख ५० हजार रुपैयाँ अर्थात २५ हजार अमेरिकी डलर रहेको छ । दक्षिण एशियाली मुलुकमा वितरण गर्दै आइएको यो पुरस्कार पहिलो पटक नेपालमा वितरण गरिएको हो । दक्षिण एशियाली समाजको गुणस्तर अभिबृद्धिमा क्रियाशिल दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीले यो पुरस्कार प्रदान गर्दै आएको छ । बागची डिएससी पुरस्कार थाप्ने ८ औं लेखक हुन् ।
उनी संगै डिएससी पुरस्कार छनौटका लागि ६ कृति परेका थिए । मंसिर २७ देखि ३० सम्म फेवा किनार बाराही घाटमा सुरु भएको साहित्य महोत्सवमा स्वदेशी तथा विदेशी लेखक सहित हजारौं साहित्यप्रेमी पत्रकार, समालोचकको समेत उपस्थिति रहेको थियो ।
आगामी दिनहरुमा डिएससी पुरस्कार नेपालको पोल्टामा पनि पर्न सक्ने अपेक्षा आयोजकले लिएको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि कार्यक्रमको अन्तिम सेसनमा पुरस्कार वितरण गर्न सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण