नकारात्मक काम गरेको पाइएमा कारबाही गर्ने मन्त्री गुरुङको चेतावनी
काठमाडौँ । महिला, बालबालिका र ज्येष्ठ नागरिकको क्षेत्रमा प्रभावकारी रणनीतिक कार्ययोजना बनाउनका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विज्ञ टोली गठन गर्ने मन्त्री पार्वत गुरुङले बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजना गरिएको बालबालिका सम्बन्धी भावी कार्यदिशाबारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गताको क्षेत्रका लामो समयसम्म व्यावहारिक रुपमा काम गरेका विज्ञबाट आएका सुझाव आधारमा कार्य योजना बनाएर कार्यन्वयन पाटोमा जाने मन्त्रालयले योजना बनाएको उनले बताए ।
‘विज्ञ टोली बनाउनका लागि गैरसरकारी संघसंस्थाका व्यक्ति, बाल अस्पतालका कर्मचारी तथा डाक्टर र विज्ञ महिलासँग अन्तरक्रिया गर्दैछौँ,’ उनले भने, ‘अन्तरक्रिया सकिए लगत्तै विज्ञ टोली गठन गरेर मन्त्रालय अगाडि बढ्छ ।’
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अवार्ड पाउने विभिन्न गैरसरकारी संघसस्थाले अवार्डको पर्दा पछाडि बसेर नकारात्मक काम गरेको सुन्नमा आएको मन्त्री गुरुङको भनाइ छ ।
महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको नाममा समाजमा अविश्वासिलो काम गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिए ।
‘नैतिकता, इमान्दारिता र स्वाभिमान बिना सरकारी, गैरसरकारी र व्यक्तिगत्त तबरबाट काम गर्न सकिँदैन,’ उनले भने, ‘हरेक क्षेत्रमा बालमैत्री अभियान बनाउन आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण