चिसो बढेपछि विद्यालयमा बिदा दिने निर्णय
बुधबार, ०२ पुस २०७६, २० : ४९
कञ्चनपुर । अत्यधिक चिसो बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
दुई दिनदेखि शीतलहरसँगै चिसो बढेसँगै यही पुस ३ र ४ गते नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको हो ।
चिसो बढेपछि बालबालिकालाई विद्यालय जान अप्ठ्यारो हुनुका साथै कक्षा कोठामै चिसोका कारण पठनपाठनमा बाधा पुग्न थालेपछि बिदा दिने निर्णय गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।
नगरपालिका क्षेत्रका सबै विद्यालयलाई बिदा दिने निर्णयबारे जानकारीसमेत दिइएको छ । भीमदत्तसँगै शुक्लाफाँटा नगरपालिका क्षेत्रका निजी विद्यालयले पनि विद्यालयमा चार दिन बिदा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण