रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्स विजयी
सुपरस्टार क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलसँगै युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले साम्पोडोरियालाई उसैको मैदानमा २–१ गोलले हरायो ।
युभेन्ट्सको जितमा रोनाल्डोसँगै पाउलो डिबालाले गोल गरे । घरेलु टोली साम्पोडोरियाका जियानलुका कापरारीले एक गोल फर्काएका थिए । १९औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । उनले एलेक्स सान्द्रोको पासमा गोल गरेका थिए । ३५औं मिनेटमा जियानलुका कापरारीले गोलगर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
४५औं मिनेटमा रोनाल्डोले गरेको गोल युभेन्ट्सका लागि निर्णायक बन्यो । रोनाल्डोले एलेक्स सान्द्रोकै पासमा गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा युभेन्ट्सले बाजी मारेको हो । जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सले १७ खेलबाट ४२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको ३९ अंक छ । इन्टरले एक खेल कम खेलेको छ । युभेन्ट्ससँग पराजित साम्पडोरिया १५ अंक सहित १७औं स्थानमा छ ।
सिरी ‘ए’ कै अर्को खेलमा ससौलोले ब्रेसियालाई २–१ गोलले पराजित गरेको छ । जितसँगै १९ अंक बनाएको ससौलो ११औं स्थानमा छ । १३ अंक बनाएको ब्रेसियाले रेलिगेसन छल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण