भक्तपुर, चितवन र धरानको जित चानचुने होइन : देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणित भएको बताएका छन् ।
काठमाडौंँमा भएको पार्टी प्रवेश कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् । सिन्धुपाल्चोकबाट विभिन्न पार्टी छोडेर दर्जनौँ व्यक्ति काँग्रेसमा प्रवेश गरेका थिए ।
यसअघि नेकपाले जितेका भक्तपुर, चितवन र धरानमा नेपाली काँग्रेसले आफ्नो जित दर्ता गरेको विषयमालाई चानचुने रुपमा नलिइ निरास नहुन पनि उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।
कम्युनिष्ट र अरु पार्टीहरुप्रति देखिएको वितृष्णाले नेपाली काँग्रेसप्रति जनताको आकर्षण बढेको उनको भनाइ छ । सभापति देउवाले नवप्रवेशीलाई सम्मानजनक रुपमा पार्टीमा भूमिका दिइने विश्वास पनि दिलाए । यस्तै पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहन बस्नेतले नेकपाले चुनाव जितेका धेरै ठाउँमा काँग्रेसको भोट बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण