बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुर, चितवन र धरानको जित चानचुने होइन : देउवा

बिहीबार, ०३ पुस २०७६, १८ : २४
बिहीबार, ०३ पुस २०७६

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणित भएको बताएका छन् ।

काठमाडौंँमा भएको पार्टी प्रवेश कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् । सिन्धुपाल्चोकबाट विभिन्न पार्टी छोडेर दर्जनौँ व्यक्ति काँग्रेसमा प्रवेश गरेका थिए ।

यसअघि नेकपाले जितेका भक्तपुर, चितवन र धरानमा नेपाली काँग्रेसले आफ्नो जित दर्ता गरेको विषयमालाई चानचुने रुपमा नलिइ निरास नहुन पनि उनले कार्यकर्ताहरुलाई आग्रह गरे । 

कम्युनिष्ट र अरु पार्टीहरुप्रति देखिएको वितृष्णाले नेपाली काँग्रेसप्रति जनताको आकर्षण बढेको उनको भनाइ छ । सभापति देउवाले नवप्रवेशीलाई सम्मानजनक रुपमा पार्टीमा भूमिका दिइने विश्वास पनि दिलाए । यस्तै पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहन बस्नेतले नेकपाले चुनाव जितेका धेरै ठाउँमा काँग्रेसको भोट बढेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप