करोडको आयोजनाका लागि अर्बको मुआब्जा
राष्ट्रले ठूला–ठूला रेल, विद्युत्, सडक लगायतका आयोजनाको निर्माण गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय भने जटिल बन्दै गएको छ । हालसम्म स्पष्ट कानुन वा नीति नहुँदा करोडको आयोजनाका लागि अर्बको मुआब्जा तिर्नुपर्ने र राज्यले कल्पनै नगरेको आर्थिक भार व्यहोर्नु परेको छ ।
ठूला आयोजना बनाउने तयारी हुँदै गर्दा त्यस क्षेत्रमा गएर भूमाफियाहरूले बाँदर लड्ने भीर पाखा किन्ने, सरकारी लगानीमा बाटो लैजाने, स्थानीय तहसँग मिलेर जग्गाको मूल्याङ्कन कैयौँ गुणा बढाउने र राजनीतिक आडमा बढीभन्दा बढी मुआब्जा लिने गरेको पाइएको छ ।
आफूले भनेजति रकम असुल्न नपाएमा स्थानीयलाई उचाल्ने, हडताल गराउने र सरकारलाई दबाब दिएर जमिन, घर, रुखपातसम्मको मुआब्जा लिने गरेको अनुभव विकास आयोजनामा काम गर्नेहरूको छ । मुआब्जासम्बन्धी राष्ट्रियस्तरको ठोस नीति नहुँदा दुई वर्षमा बनाउने भनिएका आयोजना वर्षौंसम्म लाग्ने गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण