मच्छिन्द्र र च्यासल बराबरीमा रोकिए
शुक्रबार, ०४ पुस २०७६, १५ : ३०
काठमाडौं । मच्छिन्द्र र च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बारबरी खेल्दै अंक बाँडेका छन् ।
एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सुक्रबार भएको खेलमा मच्छिन्द्र र च्यासलले १–१ गोलको बराबरी खेले । खेलमा सुरुवाती अग्रता च्यासलले लिएको थियो । २८ औं मिनेटमा सन्तोस साहुखलले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
यससँगै सन्तोसले घरेलु लिगमा ९९ गोल पूरा गरेका छन् । सन्तोस लिग फुटबलका सर्वाधिक गोलकर्ता पनि हुन् । मच्छिन्द्रले ८८औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।
मच्छिन्द्रका लागि देवेन्द्र तामाङले बराबरी गोल गरे । उनले डिबक्स भित्र च्यासलका रक्षकको गल्तीमा सजिलै गोल गरेका थिए ।
सुक्रबार च्यासलले दुईजना जापानी खेलाडी उतारेको थियो । बराबरीसँगै च्यासल र मच्छिन्द्रले एक एक अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण