बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्टेटा बने आर्सनलको प्रशिक्षक

शनिबार, ०५ पुस २०७६, ०८ : ३४
शनिबार, ०५ पुस २०७६

इङ्लिस क्लब आर्सनलको मुख्य प्रशिक्षकमा मिकेल अर्टेटा नियुक्त भएका छन् । आर्सनलले सुक्रबार राति अर्टेटालाई प्रशिक्षकमा नियुक्ति गरेको हो । 

३७ बर्षीय अर्टेटा आर्सनलका पूर्व खेलाडी पनि हुन् । अर्टेटाले आर्सनलबाट सन् २०११ देखि २०१६ सम्म पाँच बर्ष खेलेका थिए । आर्सनलले यसअघिका मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको तीन सातापछि उक्त स्थान अर्टेटालाई सुम्पिएको छ । 

स्पेनेनिस नागरिक अर्टेटालाई आर्सनलले साँढे तीन बर्षको लागि नियुक्त गरेको हो । अर्टेटाले यसअघि म्यानचेस्टर सिटीमा सहायक प्रशिक्षकको रुपमा पनि काम गरेका थिए । स्पेनिस क्लब बार्सिलोनाका पूर्व मिडफिल्डर अर्टेटाले बार्सिलोनाको सिनियर टोलीबाट खेल्न नपाएपनि फ्रेन्च क्लब पीएसजी, रेन्जर्स, रियल सोसियडाड, एभर्टन र आर्सनल व्यवसायिक फुटबल खेलेका थिए । अर्टेटाको प्रशिक्षणमा आर्सनलले शनिबार साँझ एभर्टनसँग खेल्दैछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप