अर्टेटा बने आर्सनलको प्रशिक्षक
इङ्लिस क्लब आर्सनलको मुख्य प्रशिक्षकमा मिकेल अर्टेटा नियुक्त भएका छन् । आर्सनलले सुक्रबार राति अर्टेटालाई प्रशिक्षकमा नियुक्ति गरेको हो ।
३७ बर्षीय अर्टेटा आर्सनलका पूर्व खेलाडी पनि हुन् । अर्टेटाले आर्सनलबाट सन् २०११ देखि २०१६ सम्म पाँच बर्ष खेलेका थिए । आर्सनलले यसअघिका मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको तीन सातापछि उक्त स्थान अर्टेटालाई सुम्पिएको छ ।
स्पेनेनिस नागरिक अर्टेटालाई आर्सनलले साँढे तीन बर्षको लागि नियुक्त गरेको हो । अर्टेटाले यसअघि म्यानचेस्टर सिटीमा सहायक प्रशिक्षकको रुपमा पनि काम गरेका थिए । स्पेनिस क्लब बार्सिलोनाका पूर्व मिडफिल्डर अर्टेटाले बार्सिलोनाको सिनियर टोलीबाट खेल्न नपाएपनि फ्रेन्च क्लब पीएसजी, रेन्जर्स, रियल सोसियडाड, एभर्टन र आर्सनल व्यवसायिक फुटबल खेलेका थिए । अर्टेटाको प्रशिक्षणमा आर्सनलले शनिबार साँझ एभर्टनसँग खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण