सुदूरपश्चिम प्रदेशसभाको टोलीलाई पोखरामा स्वागत
पोखरा । प्रदेशसभाबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ पोखरा आएको सुदूरपश्चिम प्रदेशसभाको टोलीलाई आइतबार पोखरामा आयोजित एक कार्यक्रमबीच स्वागत गरिएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङ नेतृत्वको १७ सदस्यीय टोलीलाई गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्वागत गरेका थिए । भ्रमणले दुवै प्रदेशसभाले यस अवधिमा भए गरेका गतिविधि तथा अनुभव साटासाट गर्न महत्वपूर्ण सहयोग पुगेको उनले बताए ।
उक्त अवसरमा सङ्घीयताको कार्यान्वयनसँगै संसदीय अभ्यासका सम्बन्धमा भइरहेका अनुभव, काम कारवाहीलगातय विषयमा छलफल एवं अन्तक्र्रिया गरिएको थियो ।
छलफलमा उपसभामुख शर्माले गण्डकी प्रदेशसभामा अघिकांश विषय सर्वसम्मत् परित भएका अनुभव सुनाउँदै प्रदेशलाई समृद्ध र विकासको मार्गमा लैजान सबैको एकताबद्ध प्रयास भइरहेको बताए ।
भ्रमण टोली नेता प्रमुख सचेतक तामाङले एक हप्ते अध्ययन अवलोकनका क्रममा सङ्घमा राष्ट्रियसभा, प्रतिनिधिसभासहित प्रदेश नं– १, ३ र ५ को भ्रमण सम्पन्न गर्दै गण्डकी प्रदेश आएको जानकारी दिए ।
सबै प्रदेशसभा कानून निर्माणले गति लिनुका साथै विकास निर्माणमा क्रियाशील बनेका भ्रमणका क्रममा पाएको बताउँदै उहाँले सबैतिर सङ्घीयताको संस्थागत विकासको अभियान चलिरहेको उल्लेख गरे ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले सङ्घीयता नेपालका लागि नयाँ संरचना र अनुभव भएकाले भ्रमणले आन्तरिक पर्यटन प्रद्र्धनमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण