छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले ६ किलोग्राम अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले अवैध रुपमा लागुऔषध लिएर हिँडेको अवस्थामा बेलारुसी नागरिक पाभेल भेसिलयु, एलिना एल्डोसाइना, बोलिभियन नागरिक रोवर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेजलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यले पाभेल र एलिनालाई काठमाडौँबाट हङकङ जान लागेको अवस्थामा त्रिभुवन विमानस्थल र मेरिइस र ओर्डोनेजलाई लाजिम्पाटको लस्ट गार्डेन होटलबाट पक्राउ गरिएको जानकारी दिए ।
“विमानस्थलमा पक्राउ परेका पाभेल र एलिनाको बयानका आधारमा मेरिइस र ओर्डोनेजलाई पक्राउ गरेका हौँ,” उनले भने । विमानस्थलको प्रस्थान कक्षमा पाभेल र एलिनाको सुटकेश चेकजाँच गर्ने क्रममा दुवै जनाको सुटकेशमा रहेको ज्याकेटमा फल्स बटम बनाइ लैजान लागेको अवस्थामा पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
प्रहरीले पक्राउ परेकासँग ६ किलो कोकिनसमेत बरामद गरेको छ । बरामद भएको कोकिनको मूल्य करोडौँ पर्ने प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई लागुऔषध नियन्त्रण ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण