धरहराको निर्माण कार्यको अनुगमनमा पुगे सीईओ, यस्तो छ प्रगति (फोटोफिचर)
काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले धरहराको निर्माण कार्यको अनुगमन गरी पछिल्लो प्रगतिको अवस्थाबारे जानकारी लिएका छन् ।
अनुगमनपछि ज्ञवालीले प्राधिकरणले पछिल्लो समय तय गरेको कार्ययोजना अनुसार नै काम भइराखेको बताए ।
उनले जमिनमुनिको २ वटा बेस र माथिको तीन तलाको काम सकिएको बताए । अहिले चौथो तलाको काम भइराखेको समेत उनले बताए । उनले एक महिनामा दुई तलाको काम सम्पन्न गर्नेगरी काम भइराखेको समेत बताए । १५ दिनमा एक तला ढलान गर्दा तल्लो तलाको ढलानको बेस ननिकाल्ने भएकाले धरहरा निर्माणमा गुणस्तरमा कुनै कमी नहुने समेत उनको भनाइ छ ।
अनुगमनमा रमण कन्ष्ट्रक्सनका कार्यकारी निर्देशक रमण महतोले धरहराको भैतिक रुपमा ३३ प्रतिशत र वित्तीय रुपमा २२ प्रतिशत काम सम्पन्न भएको बताए । उनले भौतिक रुपमा काम भएपनि भुक्तानी भइनसकेकोले वित्तीय प्रगति कम देखिएको बताए ।
तीन अर्ब ४८ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी सुरुगरिएको पुननिर्माणको कामले पछिल्लो समय तिब्रता पाएको हो । २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुननिर्माणका लागि गत वर्षको पुष महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
अहिले दैनिक १ सय ५० जनाले निर्माणको काम गरिरहेको जानकारी रमण कन्ष्ट्रक्सनले दिएको छ । ४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुनेभएपनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुने छ । धरहरामा बगैंचा, संग्राहलय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थल समेत रहनेछन् ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण