पेस्तोल बोकेर हिँड्ने सेनाका भगौडा प्रहरीको फन्दामा
बुधबार, ०९ पुस २०७६, १२ : १३
काठमाडौँ । महानगरीय अपराध महाशाखाको टोलीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिकास्थित बालुवाखानीतिर हतियार बोकेर हिँडिरहेको भन्ने सूचनाको आधारमा महाशाखाको विशेष टोलीले रामेछाप मन्थली नगरपालिका १३ घर भइ हाल काठमाडौँको चुनिखेल बस्दै आएका ३५ वर्षीय रोशन बर्देवालाई पक्राउ गरेको हो ।
उनी नेपाली सेनाको भगौडा भएको पाइएको प्रहरीले जनाएको छ ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार प्रसाद ढकालले उनको साथबाट एक थान पेस्तोल बरामद भएको र उनीमाथि थप अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुलेट छाडेर ब्यालेटको बाटोमा विप्लव, ०८४ को चुनावमा होमिँदै
-
बढ्दो तनावका कारण भारत र पाकिस्तानमा झन्डै ५५० उडान रद्द
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
एमयूमा डीन बनाउन चलखेल, भागबन्डा मिलाउन नियमावलीविपरीत विज्ञापन
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
नेपाल धितोपत्र बोर्डमा पस्यो अख्तियार, उच्च अधिकारीसँग ५ घण्टा सोधपुछ