पेस्तोल बोकेर हिँड्ने सेनाका भगौडा प्रहरीको फन्दामा
बुधबार, ०९ पुस २०७६, १२ : १३
काठमाडौँ । महानगरीय अपराध महाशाखाको टोलीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिकास्थित बालुवाखानीतिर हतियार बोकेर हिँडिरहेको भन्ने सूचनाको आधारमा महाशाखाको विशेष टोलीले रामेछाप मन्थली नगरपालिका १३ घर भइ हाल काठमाडौँको चुनिखेल बस्दै आएका ३५ वर्षीय रोशन बर्देवालाई पक्राउ गरेको हो ।
उनी नेपाली सेनाको भगौडा भएको पाइएको प्रहरीले जनाएको छ ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार प्रसाद ढकालले उनको साथबाट एक थान पेस्तोल बरामद भएको र उनीमाथि थप अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण