शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

के–पप ‘ब्ल्याक पिंक डान्स फेस्टिवलका उत्कृष्ट १० प्रतिस्पर्धी छनौट

बुधबार, ०९ पुस २०७६, १८ : ४७
बुधबार, ०९ पुस २०७६

काठमाडौं– ‘ब्ल्याक पिंक डान्स फेस्टिवलका उत्कृष्ट १० प्रतिष्पर्धी समूह छनौट गरिएको छ । प्रतियोगिताका लागि इच्छुक करिव २०० प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम प्रतिस्पर्धाका लागि १० प्रतियोगी समूह छनौट भएका हुन् । 

प्रतिस्पर्धाकालागि निर्धारित ३ जनाको जुरी समूहले प्राप्त भिडियोहरु मध्येवाट उत्कृष्ट १० प्रतियोगीको समुहलाई छनौट गरेको हो । मगलबार छनौट गरिएका ती प्रतियोगी टिममा क्रमशः H2B (Hearts To Beat), CELESTIAL, Dreaming in KPOP, CREDO-IN CREW, Deepika Tamang, Samir Khatri, Sky little wings, T-gans, 3APM / Lágom छन् ।   

यही डिसेम्वरको २८ तारिकमा काठमाडौंको सिल्भर ओक ब्याङ्केटमा हुनलागेको कोरियन म्युजिक डान्समा सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले कुनै पनि के–पप गीतमा १ मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारीक वेवसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्ने प्रावधान तय गरिएको थियो । 

यसकालागि कम्पनिले डिसेम्वर महिनाको २० तारिक सम्मको समय उपलब्ध गराएको थियो । 

त्यस अवधिसम्ममा आफ्नो के–पप म्युजिकको डान्स भिडियो कम्पनिको इमेलमा सवमिट गर्नेमध्येवाट यी प्रतिस्पर्धी छनौट भएका हुन् । छनौटमा परेका १० प्रतिस्पर्धीले सामसङ नेपालका तर्फवाट ५/५ हजार भन्दा बढीको गिस्ट ह्याम्पर प्राप्त गर्ने छन् भने प्रतिस्पर्धाको दोस्रो चरण अर्थात २८ डिसेम्वरमा आयोजना हुने फाइनल राउण्डमा ४ सय भन्दा बढी दर्शकका वीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर प्राप्त गर्ने छन् ।

त्यसक्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागी दर्शकले समेत विभिन्न खालका ग्रिफ्ट समेत प्राप्त गर्ने छन् । 

कोरियाको संस्कृति झल्काउने सांगितीक कार्यक्रम के–पप ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ मा सहभागिता जनाउन प्रतिस्पर्धाका लागि बिशेष किसिमको कुनै नियम वा उमेर समूह तोकिएको थिएन । यसका कोरियन संस्कृतिमा रम्न र रमाउन चाहनेहरुले स्फूर्त रुपमा आ आफ्नो समूह वनाई आवद्ध भएका हुन् । सहभागीहरुलाई सामसङ नेपालको अफिसियल फेसवुक पेज मार्फत करिव २ हप्ताको अवधिसहित जानकारी गराइएको थियो । 

फाइनलमा पुगेका १० टिम मध्ये टप थ्रि मा पर्ने टिमलाई सामसङ नेपलकातर्फवाट बिशेष पुरस्कार प्राप्त गर्ने छन् । जसमा प्रथम हुने टिमलाई चार सेट सामसङ ए८० फोन, द्वितिय हुनेलाई सामसङ ए५०एस र तृतिय हुनेलाई सामसङ ए३०एस फोन सेट उपलब्ध हुने छ । 

के–पप विदेशी बजारमा निकै प्रचलित कोरियाको संस्कृति झल्काउने सांगितक कार्यक्रम हो । नेपाली बजारमा रहेका गीत संगीतका प्रेमीहरुलाई पनित्यो अवसरमा सहभागिता जनाउने, आफ्नो कला देखाउने र यस्ता गीत संगीत प्रति इमोसनल्ली एट्याच हुने अवसर सृजनागर्ने उद्देश्यले सामसङले यसै बर्षदेखि नेपालमा यो अभियानको शुरुवात गरेको हो । नेपालमा कोरियन गित विगत देखि नै निकै पपुलर पनि छन् । 

के–पप  

के–पप कोरियाली पप अर्थात दक्षिण कोरियामा शुरु भएको लोकप्रिय संगीतको विधा हो । यो विधा सन् १९९० पछि शुरु भएको पाइन्छ । हाल कोरियमा मात्र नभई बिश्वका धेरै मुलुकमा के–पप प्रसिद्ध छ । के–पपको आधुनिक रुप सन १९९२ पछि भएको मानिन्छ । जसले पूर्वी एशिया र दक्षिण पुर्व मात्र नभई पाकिस्तान, बंगलादेश, भारत, ल्याटिन अमेरिका, उत्तरअफ्रिका, दक्षिण अफ्रिका, मध्यपुर्व र पश्चिम बिश्वभरी ब्यापक दर्शकहरु प्राप्तगर्न सकेको छ । 

दक्षिण कोरियामा शुरु भएको लोकप्रिय संगितविधा के–पप (कोरियाली पप)ले नेपालमा समेत बजार ओगटि सकेको छ । यस्तो अवस्थामा ‘ब्ल्याकपिंक डान्स फेस्टिवल’ नेपालमा ल्याइनुले कोरियन संस्कृतिवाट भरिपूर्ण डान्स प्रति आकर्षण भएका युवा युवतीका लागि यो अवसर जुटाएको छ । 

ब्ल्याक पिंक डान्स फेस्टिवल’ ले कोरियाली गीत संगीत प्रेमीका लागि एउटा नविनतम प्लेटफर्म समेत सृजना गरिदिएको मात्र होइन सामसङको ए८० सिरिजका चार–चार वटा फोन एकैपटक जिल्न सक्ने अवसर मात्र ल्याएको छैन यसका सहभागि १० टिमले ५/५ हजार रुपैयाँभन्दा बढीका गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप