क्रिसमसको दिन फिलिपिन्समा आँधी आउँदा १६ को मृत्यु, १० हजारलाई सुरक्षित स्थानमा सारियो
फिलिपिन्समा क्रिसमसको दिन आँधी फानफोन आउँदा १६ जनाको मृत्यु भएको छ । करिब १० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । अधिकारीले बिहिबार दिएको जानकारी अनुसार यसले थुप्रै धनमालको क्षती गरेको छ । आँधीका बेला हावाको गती १९५ किलोमिटर प्रतिघण्टा रह्यो जसका कारण थुप्रै घरको छत उड्यो । देशभरी बिजुली आपूर्ती बन्द भएको छ । थुप्रै क्षेत्रमा मोबाइल र इन्टरनेट पनि प्रभावित भएको छ ।
न्यूज एजेन्सीका अनुसार कालिबो शहरको एयरपोर्टमा फसेका एक कोरियाली पर्यटक जुंग ब्युंग जूनले बोराके जाने सबै उडान रद्द भएको जानकारी दिए । एयरपोर्ट पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । अधिकारीले स्थितीलाई सामान्य गर्न जुटेका छन् । बोराके, करनसमेत विभिन्न पर्यटकीय स्थलमाथि क्षती भएको बताइएको छ ।
‘फानफोन’ आँधी हैयाभन्दा कम शक्तिशालीः
एक पर्यटकका अनुसार कालिबो शहरमा ट्याक्सी चलिरहेको छ तर हावाको गती अझै पनि तीब्र छ । अझै पनि वर्षा भइरहेको छ । त्यसकारण कोही पनि एयरपोर्टबाट जान नचाहेको ती पर्यटकले बताए । यद्यपि, फानफून आँधी सन् २०१३ मा आएको हैयान आँधीभन्दा कम विनाशकारी हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण