शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आकाशबाट बम वर्षियो, विशाल भवन एक मिनेटमै ढल्यो र बालिका फसिन्, घण्टौपछि यसरी गरियो उद्दार (भिडियो)

बिहीबार, १० पुस २०७६, २३ : ५८
बिहीबार, १० पुस २०७६

एजेन्सी । सिरियाको इदलिबको एक गाउँमा केही दिनअघि (अघिल्लो शुक्रबार) भीषण हवाई हमला भयो । रुसी सेनाले गरेको भीषण हवाई हमलालगत्तै डरलाग्दो दृश्य देखिन थाल्यो। भवनहरू धमाधम भग्नावशेषमा परिणत हुन थाले । जतातातै कोलाहल र चिच्याहट सुनिन थाल्यो । उक्त हवाई हमला ईदलीबको उत्तरपश्चिमी प्रान्तस्थित मार्डिख गाउँमा भएको थियो ।

सोही हमलाका क्रममा देखिएको एउटा मनै छुने भिडियो सामन्ने आएको छ । जुन भिडियो अहिले संसारभर भाइरल भैरहेको छ । यो भिडियो उक्त हवाई हमलापछि एक बालिकाको उद्वार गर्दै गर्दाको हो । जुन बालिकाको  सिरियन नागरिक रक्षा एकेडेमी अर्थात व्हाइट हेलमेटका कार्यकर्ताहरूले उद्दार गरेका थिए । स्थानीयवासीका अनुसार हवाई हमला भएको स्थान पुरै औद्योगिक क्षेत्र हो । जहाँ धेरै संख्यामा सर्वसाधारणहरु बस्ने गर्दथे । यो सम्पूर्ण क्षेत्रमा विद्रोहीसँगको कुनै सम्बन्ध थिएन । तर यसका बाबजुद पनि सो बस्तिमा हवाई आक्रमण गरियो र लगातार बम विस्फोट गरियो । 

यसरी गरियो उद्दार 

उद्धार टोलीले पहिले बिस्तारै माथिल्लो सतहको भग्नावशेष हटाउन सुरु गर्‍यो । तत्काल बालिकालाई एउटा सन्देश पनि दिइयो । त्यो सन्देश थियो,  ‘मान्छेहरू उनलाई बचाउन आएका छन् र तिमी बाँच्नेछौं ।’ त्यो सन्देश उद्दार टोलीले बालिकासम्म पुर्याउन सफल भयो ।

त्यसपछि बडो सावधानीका साथ उद्दार टोलीले भग्नावशेष पन्छाउन सफल भयो । थुप्रै घण्टाको संघर्षपछि बालिकाको उद्दार गरियो । उद्दारलगत्तै बालिका आतंकित देखिन्थिन् ।  बालिकाको आधा शरीर हजारौं टन भग्नावेशषमा गाडिएको थियो । उनको छेउमा एक मानिस मरेको अवस्थामा भेटिएको थियो ।

बच्चालाई सान्त्वना दिइयो र बिस्तारै मृत व्यक्तिको शरीरको भित्रबाट हटाइयो । यस समयमा बालिका पीडाले नराम्ररी विलाप गरिरहेकी थिइन् । उद्दार गर्दागर्दै एकपटक यस्तो क्षण देखियो, उनी नराम्ररी चिच्याएकी थिइन् । वास्तवमा उनको खुट्टा भग्नावशेषमा  दबिएको थियो र उद्धार टोलीका मानिसहरूले उनलाई तान्न खोजिरहेका थिए । 

त्यो समयमा बालिका नराम्ररी पीडाले चिच्याएकी थिइन् । अन्ततः सेतो हेलमेटको उद्धार टोलीले बच्चालाई भग्नावशेषबाट सुरक्षित रुपमा बाहिर निकाल्न सफल भए । त्यसपछि उनलाई तुरुन्त अस्पताल लगियो । उनलाई सफलतापूर्वक बाहिर निकालेपछि उद्धार टोलीका प्रत्येक सदस्यको अनुहारमा निकै आनन्दको चमक स्पष्ट देखिन्थ्यो ।

स्तब्ध पार्ने भिडियो

यस भिडियोमा देख्न सकिन्छ कि सेता हेलमेट अर्थात सिरियन नागरिक रक्षा एकेडेमीका कार्यकर्ता र त्यसको उद्धार वाहन कसरी तीव्र गतिमा उद्दारको काम गरिरहेको छ । हवाई आक्रमणपछि ठूला ठूला भवनहरु एकैसाथ भग्नावशेषमा परिणत भएको देख्न सकिन्छ ।

सेतो हेलमेट टोलीले भग्नावशेषमा जीवित मानिसहरूको तिव्र रुपमा खोजि गरिरहेको देख्न सकिन्छ । दौरानकै क्रममा उनीहरुले एक बच्चाको विलाप र चिच्याहट सुन्छन् । १० देखि १२ जना व्यक्तिको उद्धार टोली त्यो बच्चाको आवाज अनुमान गर्न एक ठाउँमा भेला हुन्छ । र तत्काल उद्दारमा जुट्छन् । यो सम्पूर्ण क्षेत्र भग्नावशेषमा परिणत भएको छ । त्यसबेलासम्म कसैलाई थाहा थिएन बच्चा एउटा विशाल भवनको भग्नावशेषभित्र फसेको छ भन्ने ।

Photo: jagaran.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप