लिगमा पुलिसको पहिलो जित
शुक्रबार, ११ पुस २०७६, १७ : ४४
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । दशथ रंगशलामा शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको पुलिसले सरस्वती युथ क्लबलाई २–० गोलले हरायो । पुलिसको जितमा सुमन लामा र भोला सिलवालले गोल गरे ।
सुमनले ४६ औं र भोलाले ७९ औं मिनेटमा गोल गरेका थिए । पुलिस पहिलो हाफको इन्जुरी समयमा १० खेलाडीमा समेटिएको थियो । अन्जन राई दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । तरपनि सुरस्वतीले कुनै प्रभाव देखाउन सकेन । पुलिसका सुमन लामा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै पुलिसले तीन खेलबाट चार अंक बनाएको छ । लगातार तेस्रो हार खेपेको सरस्वती अंकविहिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण