पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्दैछौंः योगेश भट्टराई
शनिबार, १२ पुस २०७६, १० : ५५
पोखरा । नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्न लागेको बताएका छन् । शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका छन् ।
यद्यपि उनले अधिग्रहण नोक्सान हुने ढंगले नगर्ने स्पष्टिकरण दिए । उनले प्रचलित मूल्यमा मुआब्जा दिने बताउँदै स्थानीयलाई इज्जतदार रुपले अर्को ठाउँमा लैजाने बताए ।
विमानस्थलको गाइडपार्क, एप्रोचपार्क, माइक्रोलोकिकल स्टेशनको लागि जग्गा आवश्यक पर्ने भएकाले जग्गा अधिग्रहण गर्न लागिएको उनले जानकारी दिए ।
१ सय ४ रोपनी जग्गामा १२ घर पनि पर्ने छन् । कुनैपनी संरचना कन्टिन्युअस प्रोसेस भएको हुनाले प्रविधी पनि थप गर्दै लैजाँदा जग्गा अधिग्रहण गर्नुपर्ने उनको भनाई छ ।
२०३२ मा विमानस्थलको लागि जग्गा अधिग्रहण सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण