देशैभर जाडो, विद्युत् माग उच्च
पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर नै विद्युत् आपूर्तिमा अनियमितता बढेको छ । देशव्यापी रूपमा विद्युत् माग बढेका कारण यस्तो समस्या आएको हो । आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत् आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका हुन् ।
शनिबार काठमाडौँ उपत्यकाको तापक्रम ०.६ डिग्री सेन्टिग्रेट मापन भयो । देशभर तापक्रम घट्दै जाँदा घरायशी उपभोक्ताले विद्युतीय हिटर, कुलर एयर कन्डिसन, बोइलर इन्डक्सनजस्ता उपकरण चलाउन चाहँदा विद्युत् माग उच्च रूपले बढेको छ ।
हिउँदका समयमा विगतमा तराई क्षेत्रमा कम माग हुन्थ्यो तर यो वर्ष त्यहाँको प्रवृत्ति फेरिएको छ । प्राधिकरणका अनुसार खपत तराईमा पनि खासै घटेको छैन । नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार २०७५ पुस ११ गते साँझभन्दा ०७६ पुस ११ मा ११२ मेगावाट विद्युत् माग बढी भयो ।
जाडो लागेसँगै शुक्रबार नै सबैभन्दा धेरै देशभर १३३८ मेगावाट विद्युत् माग रेकर्ड भएको छ । यसअघि लक्ष्मीपूजाका दिन एक हजार ८९ मेगावाट रेकर्ड भएको थियो ।
प्राधिकरणमा लोड डिमान्ड औसतमा २५ प्रतिशतले बढेको छ । आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण