प्राधिकरणद्वारा १ लाख १३ हजार गुनासो फर्स्योट, ७ हजार ४ सय ९४ लाभग्राही थपिए
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ ।
समितिको पुस ११ र पुस १३ गते बसेका बैठकले पुनः जाँच तथा छुट सर्भेक्षणबाट संकलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही गप गरेको हो ।
त्यसैगरी, बैठकले ३ हजार ७६ प्रवलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९ सय ९८ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ ।
यसअघि, मंसिर तेस्रो साता बसेको समितिको बैठकले ४२ हजार ७ सय ४२ गुनासो सम्बोधन गरी ४ हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थप गरेको थियो । त्यस्तै, उक्त २ हजार ६ सय ९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत संकलित कुल १ लाख ८९ हजार लगतमध्ये हालसम्म हालसम्म १ लाख १३ हजार ४३ को निर्णय भइसकेको जानकारी दिए ।
“बाँकी गुनासोको प्राधिकरणमा खटिएका इञ्जिनियरले विश्लेषण गरिरहेका छन् । हामी पौष मसान्तभित्र सबै गुनासो पुनरावलोकन गरी निर्णय गरिसक्छौं ।”
लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापट ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पुनः जाँच तथा छुट सर्वेक्षणबाट लाभग्राही कायम भएकाहरुले २०७६ माघ मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्नुपर्नेछ । त्यसैगरी, २०७७ बैशाख मसान्तभित्र दोस्रो किस्ता र २०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण