चिसोका कारण सिरहाका सामुदायिक विद्यालय बन्द
सिरहा । चिसो बढेसँगै सिरहाका गाउँ तथा नगरपालिकाहरुले केही दिनका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । सिरहा नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका, तथा सदुवानन्कारकट्टी गाउँपालिका, नरहा गाउँपालिकाले पुस १४ गतेबाट ३ देखि ५ दिनसम्मको लागि विदा दिएको हो ।
स्थानीय तहहरुले पुस १३ देखि १७ गते सम्म हिउँदे विदाबाट कटौती हुनेगरी विदा दिएको सिरहा नगरपालिकाका शिक्षा अधिकृत शुवोध कुमार लामाले जनाए ।
धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकाले १४ देखि १६ गतेसम्म र सखुवानन्कारकट्टी गाउँपालिकाले १४ देखि १८ गते सम्मका लागि जाडो विदा दिएको छ ।पछिल्लो करिव दुई साताबाट हुस्सुसँगै विहानैदेखि चल्ने सितलहरका कारण तराईको जनजीवन प्रभावित छ ।
जाडोका कारण सबैभन्दा बढी बालबालिका र वृद्ध वृद्धा प्रभावित भएका छन् । त्यसैले जाडोबाट बच्न बालबालिकाहरुलाई विद्यालय विदा दिएको गोलबजार नगरपालीकाका शिक्षा अधिकृत जयराम अधिकारीले बताए ।
स्थानीयतहले आफ्नो क्षेत्रभित्रको सबैै विद्यालयहरु बन्द गर्न सार्वजनिक सूचना प्रकाशन गरेकोभए पनि नीजि विद्यालयहरुले भने विदा दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण