सागका बिजेतालाई नगदसहित पुरस्कृत गर्ने प्रदेश ५ सरकारको निर्णय
बुटवल । प्रदेश ५ सरकारले हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)का बिजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सागमा सहभागी बिजेतालाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
सागमा सहभागी भएका प्रदेश ५ का खेलाडीमध्ये एकलतर्फ स्वर्णपदक बिजेतालाई १ लाख, समूहमा स्वर्ण जित्नेलाई ८० हजार, रजत एकललाई ८० हजार, समूहमा रजत जित्नेलाई ६० हजार, एकल कास्य जित्नेलाई ६० हजार, समूहमा कास्य जित्नेलाई ४० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको उद्योग वन तथा पर्यटन मन्त्री लिला गिरीले जानकारी दिए ।
बैठकले सामाजिक विकास मन्त्रालयले बनाएको पाठ्यक्रम तयार गर्ने कार्यविधि स्वीकृत गरेको छ । मन्त्रालयले अध्ययन गरेर प्रदेशस्तरीय पाठ्यक्रम निर्माण गर्ने गर्नेछ ।
बैठकले कृषि क्षेत्रमा कृषि स्वयमसेवक नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै विपद प्रभावित क्षेत्रमा बस्ती पूर्वाधार विकास गर्ने कार्यविधि स्वीकृत गरिएको मन्त्री गिरीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण सम्बन्धी विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण