कुलमानले गर्ने भए आँखा दान
मङ्गलबार, १५ पुस २०७६, ०७ : २९
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जलीसभामा घिसिङले आँखा दान गर्ने घोषणा गरेका हुन् ।
‘मृत्युपर्यन्त स्वर्ग जाने भनेको आँखाजस्तो सन्सार देखाउने अंग दान गरेर मात्र सकिन्छ । सबैभन्दा पुण्य काम भनेकै आँखालाई सहीरुपमा अरुलाई प्रत्यारोपण गर्नु हो,’ उनले भने, ‘सही र सत्य भगवान् भनेकै परेका बेलामा दिन सक्ने व्यक्ति हो । मानवले आफ्नै निर्णयबाट दिन सक्ने मृत्युपर्यन्त आँखा दान हो । आँखा दान गरौं र आँखा नदेख्नेलाई संसार देखाएर पुण्य कमाउँ ।’
यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मतका लागि सुदूरपश्चिम प्रदेशसभाको बैठक आह्वान
-
२४ वर्षीय युवाद्वारा २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक
-
टिकटक बन्द गरेको असर र प्रभाव
-
जेठ १० सम्म सबै एकता समायोजन गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्णय
-
गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छ : प्रधानमन्त्री
-
पीसीबीका पूर्वअध्यक्ष भन्छन्, ‘विश्वकपमा अमेरिकाले पनि पाकिस्तालाई हराउलाजस्तो छ’