सुनको मूल्य तोलामा ७३ हजार ५०० पुग्यो
मङ्गलबार, १५ पुस २०७६, १२ : १८
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
सोमबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको सुनको मूल्य मंगलबार ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी ७३ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी तोलामा रु ८९० मा कारोबार भएको छ । सोमबार चाँदी तोलामा रु ८८५ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि हुनु, नेपाली सुनको भन्सार दर बढ्नुलगायतका कारण सुनको मूल्यमा लगातार वृद्धि भएको हो ।
नयाँ आर्थिक वर्ष सुरु हुँदा पाँच हजार रुपैयाँ भन्सार दर तोकिएको थियो भने गत असोजमा पुनः बढाएर छ हजार पाँच सय रुपैयाँ पु-याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण