दि एक्स ब्याण्डको ‘तिमी नै भन’ टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक

काठमाडौं– लोकप्रिय ब्याण्ड ‘दि एक्स ब्याण्ड’ को ‘तिमी नै भन’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ ।
च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ ।
दि एक्स ब्याण्डले आफ्नो एल्बम ‘भडास’ बाट ‘तिमी नै भन’ टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा प्रस्तुत गरेका छन् । ब्याण्डमा भोकल्स र बेस गितारमा शिव मुखिया, ड्रममा सुरेन्द्र श्रेष्ठ तथा गितारमा सजल राजभण्डारी रहेका छन् ।
अल्टरनेटिभ फन्क रक ब्याण्ड दि एक्स विगत २५ वर्ष देखि नेपाली संगीत क्षेत्रमा सक्रिय भई निरन्तरता दिदैं आईरहेको छ । सन् १९९३ मा स्थापना भएको उक्त ब्याण्ड आफ््ना विभिन्न हिट गीतहरुबाट लोकप्रिय रहेको छ ।
टुबोर्ग ओपन सेसन्स्को सिजन २ मा विभिन्न प्रतिष्ठित कलाकारहरुले आफ्नो लोकप्रिय गीतहरु मौलिक भन्दा भिन्न शैलीमा प्रस्तुत गरेका छन् । पहिलो सिजनमा ‘च्यानल आरबिट्ररी’ मार्फत युट्युबमा अपलोड गरिएको ५१ वटा बेजोड प्रस्तुतीहरुले १० मिलियन भन्दा बढी भ्युज संकलन गर्न सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८४ मा एमालेको एकल बहुमत आउनेगरी लाग्न प्रधानमन्त्रीकाे आग्रह
-
‘डीएसए स्टार २०२५’ मा चार शीर्ष विजेता छनोट
-
विद्यालय शिक्षा विधेयकका विषयमा हतारमा टिकाटिप्पणी नगरौँ : शिक्षामन्त्री
-
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
-
नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव
-
सत्ता गठबन्धनमा कांग्रेसकै पनि धेरै असन्तुष्टि छ : महत