दि एक्स ब्याण्डको ‘तिमी नै भन’ टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक
काठमाडौं– लोकप्रिय ब्याण्ड ‘दि एक्स ब्याण्ड’ को ‘तिमी नै भन’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ ।
च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ ।
दि एक्स ब्याण्डले आफ्नो एल्बम ‘भडास’ बाट ‘तिमी नै भन’ टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा प्रस्तुत गरेका छन् । ब्याण्डमा भोकल्स र बेस गितारमा शिव मुखिया, ड्रममा सुरेन्द्र श्रेष्ठ तथा गितारमा सजल राजभण्डारी रहेका छन् ।
अल्टरनेटिभ फन्क रक ब्याण्ड दि एक्स विगत २५ वर्ष देखि नेपाली संगीत क्षेत्रमा सक्रिय भई निरन्तरता दिदैं आईरहेको छ । सन् १९९३ मा स्थापना भएको उक्त ब्याण्ड आफ््ना विभिन्न हिट गीतहरुबाट लोकप्रिय रहेको छ ।
टुबोर्ग ओपन सेसन्स्को सिजन २ मा विभिन्न प्रतिष्ठित कलाकारहरुले आफ्नो लोकप्रिय गीतहरु मौलिक भन्दा भिन्न शैलीमा प्रस्तुत गरेका छन् । पहिलो सिजनमा ‘च्यानल आरबिट्ररी’ मार्फत युट्युबमा अपलोड गरिएको ५१ वटा बेजोड प्रस्तुतीहरुले १० मिलियन भन्दा बढी भ्युज संकलन गर्न सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण