झिनो अङ्कले घट्यो नेप्से
काठमाडौं । सोमबार साढे पाँच अङ्कले बढेको नेप्से आज भने झिनो अङ्कले घटेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १.९२ विन्दुले घटेर एक हजार १६६.०३ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.०१ ले घटेर २५२.३१ मा पुगेको छ । नेप्से आरोलो लाग्दा त्यसको प्रभाव कारोवार रकममा परेको छ । कूल १७७ कम्पनीको १३ लाख दुई हजार ९८६ कित्ता शेयर रु ४४ करोड २२ लाख ५६ हजार १५६ मूल्यमा खरिद–बिक्री भए ।
नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ । त्यस्तै छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ २.०४, व्यापार १३.७९, होटल ३२.१६, विकास बैंक ४.८८, जलविद्युत् ६.४५ र लघुवित्त १८.९७ विन्दुले बढेको छ ।
त्यस्तै वित्त ४.२, निर्जीवन बीमा १३.७५, उत्पादन ११.८९, अन्य २८.१९, जीवन बीमा ४.८ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । नेप्सेका अनुसार आज नेपाल लाइफ इन्सुरेन्स कम्पनी कारोवारका आधारमा शीर्ष स्थानमा छ । सो कम्पनीको रु ६ करोड १७ लाख ८५ हजार ७१० बराबरको कारोवार भयो ।
शिवम् सिमेन्ट रु दुई करोड ७८ लाख १५ हजार ८३२, हिमालयन डिस्टिलरी रु दुई करोड ५४ लाख आठ हजार ९९२, एशियन लाइफ इन्सुरेन्स रु एक करोड ६६ लाख २३ हजार ६१२ र नागरिक लगानी कोष रु एक करोड ६२ लाख ११ हजार ४६३ मूल्यमा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।
आज सबैभन्दा बढी कमाउनेमा विशाल बजार कम्पनीका शेयरधनी छन् । सो कम्पनीका लगानीकर्ताले ७.८० प्रतिशतले कमाउँदा सिभिल लघुवित्त वित्तीय संस्था ७.७६, कर्पोरेट डेभलपमेन्ट बैंक ६.३१, मिथिला लघुवित्त वित्तीय संस्था ३.६३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ३.१८ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३.०४ प्रतिशतले कमाए ।
नेपाल दूरसञ्चार कम्पनी ५.८९, यूनियन हाइड्रोपावर ५.१७, मञ्जुश्री फाइनान्स ४.७०, आइसिएफसि फाइनान्स ४.१८, प्रोगेसिभ फाइनान्स ४.०४, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.५२ र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण