पूर्व एमाले ‘इन’, पूर्व माओवादी ‘आउट’
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविमा एकलौटी निर्णय गरेको भन्दै नेकपा समर्थित पूर्वमाओवादीका प्राध्यापकहरु अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दैलोमा पुग्ने तयारीमा छन् ।
उपकुलपति प्राडा बास्कोटाले केही दिनअघि प्राडा पेशल दाहाललाई रजिस्ट्रारमा नियुक्त गरेपछि आक्रोशित बनेका नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पदाधिकारीले अधयक्ष प्रचण्ड भेट्ने तयारीमा पुगेका छन् ।
तत्कालीन एमालेको भागवण्डामा नियुक्त भएका उपकुलपति बास्कोटाले आधा दर्जन क्याम्पस र विभिन्न कार्यालयमा पूर्व एमाले निकट प्राध्यापकलाई नियुक्त गरेको उक्त संगठनको आरोप छ ।
उक्त संगठनले तत्कालीन नेकपाको भागवण्डामा परेका विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारसहितको पदाधिकारी आफ्नो भागमा पर्नुपर्ने अडान लिई प्रचण्डलाई भेट्ने तयारी गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण