शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विशेष सेवा विधेयक सिआइए र रअ का एजेण्टलाई कारवाही गर्न ल्याइएको हो: बिडारी

बुधबार, १६ पुस २०७६, १५ : ३५
बुधबार, १६ पुस २०७६

काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले नेपाल विशेष सेवा विधेयक २०७६ सिआइए र रअ का एजेण्टहरुलाई कारवाही गर्न ल्याइएको बताएका छन् ।  राष्ट्रियसभामा पेश भएको विधेयकमाथिको छलफलका क्रममा उनले नेपालको आन्तरिक मामिलामा रअ र सिआइएका एजेण्टहरुले हस्तक्षेप गरेको र उनीहरुको खोजी गरी कारवाही गर्न विधेयक ल्याइएको बताए ।

‘इन्टेलिजेन्स हो यसको मुख्य काम । अमेरिकाको सिआइए कुन कानुनले चल्छ । नेपाल आएर काम गरिरहेका छन् । त्यसको तलब भत्ता यहाँका बेइमानहरुले खाएका छन् । त्यो नेपालले थाहा पाउनुपर्यो की नाई ? त्यसले टेलिफोनमा कहाँ कुरा गर्छ सुन्नु प¥यो की नाई ?’ उनले भने, ‘हैरान पारेको छ ‘रअ’ले नेपालमा । आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ । त्यसको एजेण्टको को हुन् ? खोजी खोजी कारवाही गर्ने भनेको छ ।  यो ऐनमा लेखेको छ । त्यसलाई कारवाही गर्ने किन नगर्ने ? गर्न लाग्यो खबरदार त्यसलाई गर्न लाग्यो भन्न मिल्छ ?

डकैती गर्नेलाई जेल सजाय हुने कानुन बन्यो भने हामीमाथि दोष लगाउने पो हो की भनेर नसम्झिन पनि उनले आग्रह गरे । उनले भने, ‘डकैती गर्नेर्लाइ १० वर्ष जेल हुन्छ भन्ने कानुन बन्यो भने । आप्पुई यो त बनाउनु हुँदैन् किनभने हामीलाई डकैती गरेको भनेर दोष लायो भने के गर्ने । चोरी गर्नेलाई सजाय भयो भने, यो चोरी गर्नेलाई सजाय हुन्छ भन्नुभएन यत्रा जनता छन् । जनतालाई चोर भन्यो भनेर कसैले सम्झिन हुन्छ ? समस्या यो हो । नेपाल र नेपालको अहित गर्ने कुनै कपुत हुन्छ भने त्यसलाई सजाय हुन्छ भनेर स्पष्ट लेखेको छ ।’

खुकुरी, बन्दुक र बम मान्छे मार्नका लागि आविस्कार नभएको भन्दै उनले विधेयकमा भएका केही कुराहरु सच्याएर अगाडी बढ्न सकिने बताए । उनले भने, ‘खुकुरी किन बनाको ? मान्छे मार्न होइन नि । बन्दुक किन बनाको ? मान्छे मार्न होइन नि । बम किन बनाको ? मान्छे मार्न होइन नि । त्यसकारण यस्ता कुरालाई हामीले सरल ढंगबाट लिनुपर्छ । हामीजस्ता मान्छे संसदमा छौँ । बेठिक कानुन बन्न दिँदैनौ । मौलिक अधिकारको हनन् गर्न दिँदैनो । हामी यसलाई हेर्छौ बुझ्छौ । त्यसलै काम गर्छौ । देशको विरुद्धमा जान दिँदैनौ । सरकारले ल्याएको विधेयक ठिक छ भन्ने छैन् सच्याएर पास हुन्छ ।’

विडारीले प्रतिपक्षी सांसदले प्रेमी प्रेमिकाबीचको कुरा पनि ट्याप गर्छ भनेर वाहियात कुरा गरेको समेत बताए । उनले भने, ‘कस्तो फट्याइ गरेको—विचरा बाटोमा हिँड्ने २ वटा कम्युटर चलाइरहने प्रेमी प्रेमिकाको कुरा ट्याव गर्दैन क्या । यो वाहियात कुरा किन भनेको ? यस्तो हल्का कुरालाई किन उकास्या ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप