देशका धेरै स्थानमा हिमपात र वर्षाको सम्भावना
बिहीबार, १७ पुस २०७६, ०८ : ११
देशभर न्यून चापीय प्रणालीको प्रभावले बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहिबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिनभरी नै देशभर बदली रहने उल्लेख गरेको हो ।
दिउँसो देशभर सामान्य बदली हुनेछ । पूर्वानुमानका अनुसार उच्च पहाडी र हिमाली भूभागहरुका धेरै स्थानमा हल्का र मध्यम हिमपात हुनेछ । यसैगरी, पश्चिम र मध्य क्षेत्रहरुमा भने हल्का र मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
रातिको समयमा पनि देशभर बदली भइरहने पूर्वानुमानमा उल्लेख छ । रातमा केही स्थानहरुमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण