मर्यादित र स्वतन्त्र मिडियाको विकास हुनुपर्छः सञ्चारमन्त्री बाँस्कोटा
धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो व्यवसायप्रति आत्मनिर्भर भई मर्यादित र स्वतन्त्र ढङ्गले बाँच्ने आधार भएको मिडियाको विकास गर्नुपर्ने बताएका छन् । यहाँ निर्माण सम्पन्न भएको नेपाल पत्रकार महासङ्घ कैलाली शाखा भवनको आज उद्घाटन गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘कोही कसैको दवाव पुग्न नसक्ने प्रेस बनाउन सकिएमा मात्र स्वतन्त्र प्रेस भएको मान्न सकिन्छ ।’
नेपाली मिडियालाई आगामी दिनमा प्रदेशस्तरबाट नै सेवा सुविधा पाउने गरी एकीकृत कार्यालयको स्थापनाको पहल गरिएको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सातै प्रदेशमा स्थापना हुने एकीकृत कार्यालयबाट नै लोककल्याणकारी विज्ञापन, प्रेस पास, उजूरी गर्नेलगायत सेवा पाउन सकिने बताए ।
सरकारले ल्याएको सूचना प्रविधि विधेयकमा ‘होडिङ बोर्ड‘ राख्न नपाउने व्यवस्था गरिएकाले मालवस्तु बेच्नेहरुले मिडियाको सहारा लिनुपर्ने अवस्थाले नेपाली प्रेस लाभान्वित हुने उनले बताए । हाल सञ्चालनमा रहेका एफएम रेडियोमध्ये व्यापारिक र सामुदायिक कुन हुन् भन्ने नछुट्टिएको अवस्था रहेकाले एफएमहरुलाई व्यवस्थित गर्न लागिएको जानकारी पनि उनले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले मिडियालाई सबल र सक्षम बनाउने काममा प्रदेश सरकारले सहयोग गर्ने बताए । समारोहमा पत्रकार महासङ्घ कैलालीका सभापति जगत साउद, केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका गङ्गाधर पराजुलीलगायतले बोलेका थिए ।
पत्रकार महासङ्घका लागि धनगढी उपहानगरपालिका वडा नं १ मा नगर विकास समितिले निःशुल्क उपलब्ध जग्गा गराएको थियो । सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र तत्कालीन जिल्ला विकास समितिको सहयोग रु ३० लाखको लागतमा महासङ्घको उक्त चार कोठा र एक सभाकक्षसहितको एकतले भवन निर्माण पूरा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण