कतार एयरवेजका लागि २०१९ सफल, पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्स सम्मान
दोहा– कतार एयरवेजको २०१९ निकै सफल रहेको कम्पनीले जानकारी दिएको छ । गत वर्ष एयरलाइनले आफ्नो नेटवर्क विस्तार गर्नुको साथै सेवाका लागि नयाँ विमान पनि थप गरेको थियो ।
तर विभिन्न सम्मान हात पार्ने क्रममा पाँचौं पटक विश्वको सर्वश्रेष्ठ एयरलाइनको लागि स्काईट्रेक्स पुरस्कार प्राप्त गर्नु कम्पनीको २०१९ को सबैभन्दा महत्वपूर्ण उपलब्धि थियो । त्यससँगै कतार एयरवेज उक्त पुरस्कारद्वारा पाँचौं पटक सम्मानित हुने एकमात्र एयरलाइन बनेको हो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले २०१९ वर्ष कतार एयरवेजका लागि उपलब्धिहरुले भरिपूर्ण वर्ष रहेको बताएका छन् ।
उनले विगतका १२ महिनामा कतार एयरवेजले धेरै उपलब्धिहरु हासिल गरेको जसमध्ये पेरिस एयर शोमा विश्वको सर्वश्रेष्ठ एयरलाइनको लागि स्काईट्रेक्स पुरस्कारद्वारा सम्मानित हुनु सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण