निजी क्षेत्र मुलुकको समृद्धिका संवाहक हुन्ः मन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको समृद्धिको संवाहक निजी क्षेत्र रहेको बताएका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित स्वागत तथा छलफल कार्यक्रममा उनले निजी क्षेत्रलाई प्रोत्साहन गरी राज्यको भूमिका पूर्वाधार, नीति र जनशक्ति निर्माणमा केन्द्रीत रहने बताए ।
मन्त्री ज्ञवालीले नेपाल–भारत वाणिज्य सन्धि सम्बन्धमा रहेका समस्या आपसी सहमति र छलफलबाट समाधान गर्ने उल्लेख गर्दै नेपाल–भारत सीमा समस्या तथ्य र कागजातका आधारमा कूटनीतिक माध्यमबाट समाधान गरिने बताए ।
विदेशी लगानी भित्रँदा निजी क्षेत्रलाई चिन्तित हुनु नपर्ने बताउँदै उनले विदेशी लगानी भित्रँदा यसले मुलुकमा प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि भई दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, उद्योगपति महेश जाजुले भारतीय पर्यटक भित्र्याउन यातायातको सहज व्यवस्था, बथनाहाको मीरगञ्ग पुलबाट भारतीय मालवाहक सवारीको सहज आगमन तथा सुनसरीको अमडुवामा रहेको ६५० बिघा जमीनमा औद्योगिक ग्रामको स्थापना हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण