आफ्नो राजनीतिक नक्साले नेपाली भू–भागमा असर नगरेको भारतको दाबी
नेपाल–भारतबीचको सीमा विवाद सामाधान गर्न कूटनीतिक तहमा अनौपचारिक गृहकार्य भइरहेको र छिट्टै वार्ताको मिति तय हुने भारतले जनाएको छ ।
सीमा विवादबारेको छलफल द्विपक्षीय संयन्त्र हुने भारतको पछिल्लो धारणा सार्वजनिक भएको छ । भारतीय विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा विहीबार भारतीय विदेश सचिव रविश कुमारले भने, ‘सीमाका विषयमा वार्ता चलिरहेको छ । सीमा निधारणको प्रक्रिया पनि चलिरहेको छ ।’
आफ्नो मुलुकको राजनीतिक नक्साले नेपाली भू–भागलाई असर पर्ने काम नगरेको र नक्सा सही भएको दाबी गर्नुभयो । सीमा समस्या समाधान गर्न पछिल्लो विवाद बल्झिनुअगावै दुवैतर्फका परराष्ट्र सचिव संलग्न संयन्त्र गठन भइसकेको छ ।
यता परराष्ट्र मन्त्रालयले पनि वार्ताबारे गृहकार्य भइरहेको बताउँदै छिट्टै वार्ताको मिति तय हुने जनाएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्रमोदीबीच टेलिफोन संवादका क्रममा सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण